Skip This
‘उत्तर कोरिया युक्रेनका लागि सबैभन्दा ठुलो खतरा’
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Tuesday, 16 September, 2025
२o८१ भदौ ३१ सोमबार १o:o३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘उत्तर कोरिया युक्रेनका लागि सबैभन्दा ठुलो खतरा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १o:o३:oo

उत्तर कोरियाले रुसलाई प्रदान गर्दै आएको ठुलो परिमाणको गोलाबारुदसहितको सैन्य सहायता युक्रेनका लागि सबैभन्दा हानिकारक रहेको युक्रेनले दाबी गरेको छ । युक्रेनी गुप्तचर प्रमुख किरिलो बुडानोभले शनिबार उक्त दाबी गरेका हुन् ।

भिक्टर पिन्चुक फाउन्डेसनले किएभमा आयोजना गरेको सम्मेलनमा उनले रुसका अन्य सहयोगी इरान र चीनको समर्थनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘रुसका सबै मित्रराष्ट्रमध्ये हाम्रा लागि सबैभन्दा ठुलो समस्या उत्तर कोरियाबाट आएको छ । उनीहरूले आपूर्ति गर्ने सैन्य उत्पादनको मात्राले वास्तवमा युद्धको तीव्रतालाई असर गर्छ,’ बुडानोभले भने । 

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरिया भ्रमणका क्रममा सुरक्षा प्रमुख सेर्गेइ सोइगुसँगको वार्ताका क्रममा रुससँग सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका वेला युक्रेनी गुप्तचर प्रमुखले यस्तो टिप्पणी गरेका हुन् ।