सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान ।
सन् १८९४ : अमेरिकी वायुसेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए । चार दिनपछि उनले आन्द्र महासागर पार गरेका थिए ।
सन् १९१३ : बेलायतको वेल्सस्ती सेंगहेनयादमा एउटा खानीभित्र विस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो ।
सन् १९४७ : अमेरिकी वायु फौज चालक चुक यिगरले बेल एक्स–१ विमान आवाजभन्दा चाँडो उडाएका थिए ।
सन् १९७३ : विशाल सडक प्रदर्शनपछि थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री थानोम किटिकाचोर्न पदबाट राजीनामा दिन बाध्य भए ।
सन् १९८८ : साहित्यतर्फ नोबेल पुरस्कार विजेता ८२ वर्षीय उपन्यासकार नगुइब महफुजलाई कायरोमा इस्लामिक अतिवादीद्वारा हत्या प्रयास । अतिवादीको छुरा प्रहारका बाबजुद उनी बाँच्न सफल भए ।