१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
चिरञ्जीवी घिमिरे सलकपुर (इलाम)
२o८१ भदौ १८ मंगलबार o६:१५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पहाडतिर उक्लिन थाले हात्ती

Read Time : > 3 मिनेट
चिरञ्जीवी घिमिरे, सलकपुर (इलाम)
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार o६:१५:oo

पहिले–पहिले तराई क्षेत्रमा मात्रै सलबलाउने जंगली हात्ती अचेल चुरे र पहाडतिर पनि प्रवेश, समूह नै आएर महिनौँसम्म वासस्थान बनाई बच्चासमेत हुर्काउँदै

इलामको रोङ गाउँपालिका– ६ स्थित मेची नदीको बगरमा देखिएको हात्तीको हन्जा । रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोका अनुसार रोङ प्रवेश गरेका हात्तीले डेढ वर्षमा ५० हाराहारी किसानको बगानमा पसेर फल्न लागेका सुपारीका बोट भाँचेका छन् । यस्तै, अम्रिसो बगान पनि नाश गरेको छ, अलैँचीमा समेत क्षति पुर्‍याएको छ । गाउँपालिका अध्यक्ष स्याङ्बोले तराईमा विद्युतीय तारबार लगाउँदा हात्तीले वैकल्पकि बाटो र वासस्थान खोजेर रोङसम्म आएको बताए । ‘पहिले एउटा–दुइटा हात्ती पुगेर उपद्रो मच्चाएर फर्कन्थे,’ अध्यक्ष स्याङ्बोले भने, ‘तर, डेढ वर्षदेखि हन्जा नै आएर महिनौँ बस्न थालेका छन् । बच्चासमेत यहीँ हुर्काउन थालेका छन् ।’ उनले जंगली हात्ती प्रवेश गर्न सक्ने सम्भावित चुरे क्षेत्रमा समेत विद्युतीय तारबार लगाउन संघीय सरकारसँग माग गरेका छन् । यस्तै, हात्तीले क्षति पुर्‍याएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनले बताए ।

भारत हुँदै नेपाल प्रवेश गर्ने जंगली हात्तीको हन्जा (समूह) इलामको रोङ गाउँपालिकास्थित चुरे र पहाड क्षेत्र प्रवेश गर्न थालेको छ । रोङ गाउँपालिका– ६ को चुरे र पहाडी क्षेत्र पाटापुर, बैरागी, लाङकेप, सकलपुरलगायत क्षेत्रमा भारतबाट आएका जंगली हात्ती वासस्थान नै बनाएर लामो समयसम्म बस्न थालेका हुन् । 

विगतमा पाटापुरसम्म जंगली हात्ती देखापरे पनि अन्य स्थानमा प्रवेश गरेका थिएनन् । तर, पछिल्लो डेढ वर्षदेखि हात्तीको ठुलो हन्जा इलामको पहाडी क्षेत्रमा समेत देखा पर्न थालेको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘पहिले एउटा–दुइटा हात्ती पुगेर उपद्रो मच्चाएर फर्कन्थे,’ स्याङ्बोले भने, ‘तर, डेढ वर्षदेखि हन्जा नै आएर महिनौँ बस्न थालेका छन् । बच्चासमेत यहीँ हुर्काउन थालेका छन् ।’

रोङ– ६ का यी बस्ती नेपाल–भारत सीमानजिक परे पनि पहाडी क्षेत्र भएकाले भारतबाट आउने हात्तीले झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका स्थानीयलाई दुःख दिने गर्थे । पछिल्लो समय रोङ क्षेत्रका स्थानीयलाई समेत हात्तीले हैरानी दिन थालेको रोङ– ६ सलकपुरका लाखमान तामाङले बताए । त्यहाँ पुगेका हात्तीले सुपारी, अम्रिसो, अलैँचीलगायत बाली नस्ट गर्ने गरेका छन् । ‘३५–४० वर्षअघि हन्जा आएर सलकपुर सबै घुमेर गएको थियो । त्यसपछि कहीँलेकाहीँ देखिन्थ्यो, आएर गइहाल्थे । अहिले त यहीँ बस्न थालेका छन् । डेढ वर्षदेखि हात्तीले हैरानी दिएको छ । हात्तीको हन्जाले बाली सखाप पार्न थालेको छ,’ हात्ती–मानव द्वन्द्व न्यूनीकरण समितिका संयोजकसमेत रहेका तामाङले भने, ‘बेँसी क्षेत्रमा रहेको मेरो बगानमा फल्न लागेको सुपारी हात्तीले भाँचिदिएको छ । मेरो मात्र होइन अरू किसानको अवस्था पनि उस्तै छ । हाम्रो वर्षौँको मिहिनेत हात्तीले एक रातमा सखाप पर्न थालेको छ । कतिपयको सबै बिरुवामा असर गरेको छ ।’

रोङ– ६ सलकपुरस्थित बेँसीमा रहेका सुपारी र अम्रिसो खेती जोगाउन डेढ वर्षयता किसान हात्ती धपाउन रातभर बेँसीमै झर्ने गरेका छन् । खोला किनारमा खेती लगाउने किसानको आजकाल रातभर हात्ती खेदाउने जिम्मेवारी आइपरेको छ । ‘आजकाल रातभर खोलामै हुन्छौँ । यो क्षेत्रमा कहिल्यै यसरी हात्ती देखिएको थिएन । अम्रिसो त हात्तीले साह्रै मन पराउने रहेछ,’ स्थानीय सोनाम तामाङले भने, ‘गाउँपालिकाले लाइट दिएको छ । त्यही लिएर रातभर खोला किनारामा जाग्राम बस्छौँ ।’

हात्ती संरक्षणमा लामो समयदेखि काम गर्दै आएका झापा मेचीनगरका शंकर लुइँटेलले पछिल्लो दुई वर्षयता हात्ती इलामको रोङ छिरेको बताए । विगतमा हात्ती फाट्टफुट्ट रोङतिर जाने गरे पनि पछिल्लो समय लामो समयसम्म वास नै बस्ने गरेको उनले बताए । हात्तीको आनीबानीलाई नजिकबाट अध्ययन गर्दै आएका अध्येता लुइँटेलले पहाड चडेर हात्तीले अलैँचीको बोटसमेत खान थालेको बताए । 

अध्येता लुइँटेलले हात्ती पहाड चड्नुका पछि केही कारण रहेको बताए । ‘हात्ती रोङ गएर अलैँचीको बोटसँगै अम्रिसो, सुपारी, केरालगायत खाइरहेको छ । हात्ती माथि (रोङ) जानुका पछाडि केही कारण छन् । तराई क्षेत्रमा वन विनाश भयो । त्यसैले उनीहरू वासस्थान र खानाको खोजीमा पहाड चडे । त्यहाँ अलैँची, अम्रिसो, केरालगायत खाने कुराको नयाँ स्वाद पाएपछि त्यहीँ बस्न थाले । पहाडको स्वाद फरक भएकाले पनि उनीहरू त्यहाँ बसे । रोङ र भारतको सीमामा भारततिर जंगल छ । जंगल भएका कारण हात्ती जंगलमा बसे । खानाको खोजीमा रोङतिर आए । रोङमा वन छैन । स्थानीयको बालीमा क्षति पुर्‍याउन थालेको छ,’ उनी भन्छन्, ‘अर्को कारण हात्ती परिवारमा बस्ने सामाजिक प्राणी हो । उसले शान्ति खोज्छ । तल्लो क्षेत्रमा मानवीय गतिविधि बढ्यो । रोङ उसका लागि शान्ति क्षेत्र भयो । तराईमा हात्ती खेदाउन बाइक, गाडीको प्रयोग भएर सजिलो छ । पहाडमा मान्छेलाई हात्ती खेदाउन अप्ठ्यारो हुने भएकाले हात्तीले अलिक सुरक्षित ठान्ने गरेका छन् । हात्ती समयअनुसार परिवर्तन हुन सक्ने जनवार पनि हो ।’ अहिले पनि १४–१५ वटा हात्तीको हन्जा रोङको सलकपुर क्षेत्रमा नै रहेको लुइँटेलले जानकारी दिए । 

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोका अनुसार रोङ प्रवेश गरेका हात्तीले डेढ वर्षमा ५० हराहारी किसानको बगानमा पसेर फल्न लागेका सुपारीका बोट भाँचेका छन् । यस्तै, अम्रिसो बगान पनि नास गरेको छ । हात्तीले अलैँचीमा समेत क्षति पुर्‍याएको उनले बताए । गाउँपालिका अध्यक्ष स्याङ्बोले तराईमा विद्युतीय तारबार लगाउँदा हात्तीले वैकल्पकि बाटो र वासस्थान खोजेर रोङसम्म आएको बताए । उनले जंगली हात्ती प्रवेश गर्न सक्ने सम्भावित चुरे क्षेत्रमा समेत विद्युतीय तारबार लगाउन संघीय सरकारसँग माग गरेका छन् । यस्तै, हात्तीले क्षति पुर्‍याएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको धारणा छ ।

हात्ती किन उक्लिए पहाड ?
इलाम पुगेर हात्तीले खाएको अलैँचीको अध्ययन गर्दै हात्ती संरक्षणमा काम गर्दै आएका शंकर लुइँटेल

हात्तीसम्बन्धी अध्येता शंकर लुइँटेल भन्छन्–हात्ती रोङ गएर अलैँचीको बोटसँगै अम्रिसो, सुपारी, केरालगायत खाइरहेका छन् । हात्ती माथि (रोङ) जानुका पछाडि केही कारण छन् । तराई क्षेत्रमा वन विनाश भयो । त्यसैले उनीहरू वासस्थान र खानाको खोजीमा पहाड चडे । त्यहाँ अलैँची, अम्रिसो, केरालगायत खानेकुराको नयाँ स्वाद पाएपछि त्यहीँ बस्न थाले । पहाडको स्वाद फरक भएकाले पनि त्यहाँ बसे । रोङ र भारतको सीमामा भारततिर जंगल छ । जंगल भएका कारण हात्ती जंगलमा बसे । खानाको खोजीमा रोङतिर आए । रोङमा वन छैन । स्थानीयको बालीमा क्षति पुर्‍याउन थालेको छ । त्यस्तै, हात्ती परिवारमा बस्ने सामाजिक प्राणी हो । उसले शान्ति खोज्छ । तल्लो क्षेत्रमा मानवीय गतिविधि बढ्यो । रोङ उसका लागि शान्ति क्षेत्र भयो । तराईमा हात्ती खेदाउन बाइक, गाडीको प्रयोग भएर सजिलो छ । पहाडमा मान्छेलाई हात्ती खेदाउन अप्ठ्यारो हुने भएकाले हात्तीले अलिक सुरक्षित ठान्ने गरेका छन् । हात्ती समयअनुसार परिवर्तन हुन सक्ने जनवार पनि हो ।