१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १८ मंगलबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टानमा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीनिकट पाण्डे विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार o९:१९:oo

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन्। सत्तारूढ कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै माओवादीनिकट पर्यटन व्यवसायी पाण्डे निर्वाचित भएका हुन्। 

पाण्डे निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले भनेका छन्, ‘शुभप्रभात ! बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ।  तपाईंहरूको अथक मिहिनेत र जुझारू एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’