१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:४४:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्  

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबिच सिग्देललाई सो  दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथग्रहण गराए ।  राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते प्रधानसेनापति पदमा आजबाट लागू हुने गरी नियुक्त गरेका थिए । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारहरू, सुरक्षा अंगका प्रमुखलगायतको उपस्थिति थियो ।