१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

चन्द्रागिरि हिल्सले आइपिओ र नेपाल फाइनान्सको हकप्रद निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार ०६:००:००

चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १८ करोड ४० लाख ९१ हजारबराबरको आइपिओ बिक्री गर्न जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीले काठमाडौंको चन्द्रागिरिमा केही वर्षयतादेखि केबलकार सञ्चालन गर्दै आएको छ । 

यसैगरी, नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ दशमलव २५ अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासनको अनुमतिका लागि गत फागुन २९ गते निवेदन दिएको हो । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्ता पुँजी २२ करोड ७ लाख छ । हकप्रद सेयर निष्कासन बाँडफाँडपश्चात् कम्पनीको पुँजी ३९ करोड ४ लाख पुग्नेछ ।