१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

११ वर्षमै विश्व प्रख्यात प्राध्यापक बन्न सफल सवर्णो आइज्याक नेपालमा, विद्यार्थीसँग अन्तर्क्रिया गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:२९:oo

कलिलो उमेरमै विश्वकै प्रख्यात प्राध्यापक बन्न सफल ११ वर्षीय सवर्णो आइज्याक बारी नेपाल आएका छन्। 

हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुलको निमन्त्रणामा उनी ११ वैशाखमा नेपाल आएका हुन्। स्कूलले गणितविज्ञ आइज्याक बारीलाई स्वागत गर्दै बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनलाई नेपाल निमन्त्रणा गर्नुको उद्देश्यबारे जानकारी गराएको छ।

स्कुलले उनलाई वक्ताको रूपमा सहभागी गराउने गरी टक सो कार्यक्रमसमेत आयोजना गरेको छ। मुख्य त उनलाई बोलाउनुको उद्देश्य टक सो कार्यक्रम आयोजना गरी विद्यार्थीहरूसँग अन्तर्क्रिया गराउनु र अनुभव साटासाट गराउनु हो।

१६ वैशाखमा स्कुलले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा टक सो अन्तर्क्रिया आयोजना गर्न लागेको छ। यस कार्यक्रममा काठमाडौंभरिका विद्यालयका विद्यार्थी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा उपप्राध्यापकहरूलाई समेत आमन्त्रण गरिएको जानकारी विद्यालयका अध्यक्ष युवराज शर्माले जानकारी दिए। उनका अनुसार सो टक सोमा चार हजारको सहभागिता रहनेछ। 

सुवर्णो आइज्याक बारी कलिलो उमेरमै विश्वकै प्रख्यात प्राध्यापकको रूपमा ख्याती कमाउन सफल व्यक्ति हुन्। उनी विश्वभरिका विश्वविद्यालयमा आफ्नो ज्ञानको सञ्चार गर्दै आइरहेका छन्। 

ह्वाइट हाउस वर्ल्ड स्कूलले उनलाई नेपालका विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्नका लागि नेपाल आमन्त्रण गरेको हो। १६ वैशाखमा बिहान १०:३० बजे गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा उनी सहभागी हुनेछन्। 

कार्यक्रममा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओली र अनिलकेशरी शाह पनि स्पिकरका रूपमा रहनेछन्। सो अन्तर्क्रियामा नयाँ र पुराना पुस्ताबीच अनुभव आदानप्रदान हुने हुँदा सिकाइमा नयाँ आयाम थपिले स्कुलले जनाएको छ।

ad
ad