सिद्धि हाइड्रोको आइपिओ सिटिजन्स क्यापिटलले निष्कासन गर्ने

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत् आयोजना’ इलाम जिल्लामा छ । सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

See More On

सुझावित समाचार