भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीले आफ्नो मासिक तलबबाट रकम कट्टा गरेर डेढ करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गरेका छन्।
बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मासिक तलबबाट कट्टा गरिएको एक करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ बैंकका तर्फबाट बाढीपीडितका लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
उक्त रकमबराबरको चेक बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।