काठमाडौं/ असोज २९ मा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२औँ साधारणसभा तय भएको छ । आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि निर्वाचित हुँदै छ ।
निक्कीको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष कुणाल केयाल र कार्यसमिति सदस्य करण चौधरीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
संघको निर्वाचन तालिकाअनुसार २१ असोजमा एक अध्यक्ष तथा नौ सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघको स्थापना ०४९ मा तदर्थ समितिबाट सुरु भई ०५१ सालमा विधिवत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा दर्ता भई नेपाल र भारतबिच औद्योगिक व्यापारिक तथा लगानी प्रवर्धनका क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ ।