मूल्यवृद्धि समायोजन कार्यविधि पूर्वाधार क्षेत्रका लागि कोसेढुंगा : महासंघ

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै निजी क्षेत्रले यसलाई स्वागत गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि स्वीकृत हुनु मुलुकको पूर्वाधार क्षेत्रका लागि कोसेढुंगा साबित भएको बताएको छ ।

‘विशेष गरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहसहित उहाँको सचिवालय टिम, पूर्वाधार विकासमन्त्री र उहाँको सचिवालय टिमको महŒवपूर्ण मार्गनिर्देशनमा विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि स्वीकृत हुनु मुलुकको पूर्वाधार क्षेत्रका लागि ‘कोसेढुंगा’ भएको यस महासंघको ठहर छ,’ महासंघका महासचिव शिवहरि घिमिरेद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि विविध कारणले समस्याग्रस्त मुलुकको पूर्वाधार क्षेत्रलाई गति दिने गरी महासंघको नवनिर्वाचित कार्यसमितिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको मूल्य समायोजनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गर्ने सरकारप्रति महासंघ कृतज्ञ रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

सुझावित समाचार