कास्की–दशैँ नजिकिएसँगै पोखरामा हिमाली भेगका भेडाच्याङ्ग्राको व्यापार तीव्र बनेको छ। नेपालका हिमाली जिल्लाहरुका साथै छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतबाट समेत ठूलो संख्यामा भेडाच्याङ्ग्रा पोखरा भित्र्याउने क्रम जारी छ।
मुख्यगरी मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालिकोट, जुम्ला, बझाङ र बाजुरालगायतका हिमाली क्षेत्रबाट व्यापारीहरूले हप्तौं लगाएर भेडाच्याङ्ग्रा पोखरा ल्याएका छन्।
यो वर्ष करिब १८ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा पोखरा आउने अनुमान गरिएको छ। व्यापारीहरुले च्याङ्ग्राको मूल्य ४८ हजार र भेडाको मूल्य ३५००० रुपैयाँसम्म तोकेका छन्। हाल पोखरामा तयारी च्यांग्राको मासु २२०० प्रतिकिलो र भेडाको १७०० प्रति किलोसम्म बिक्री भइरहेको छ।
पोखरा ल्याइएका च्याङ्ग्रा भेडाहरु पोखराको पुरानो टुलिखेलसँगै पोखरा–१ मा पर्ने सिम्पानी र जौबारी क्षेत्रमा राखिएको छ। यसैगरी पोखरा २५ स्थित याम्दी क्षेत्रमा समेत भेडा च्यांग्राहरु राखिएको छ।
हेर्नुस् भिडियाे :