नेपाल आयल निगम लिमिटेडका अनुसार आज बुधबार दिउँसो १ बजेसम्म काठमाडौं उपत्यकामा ५२ हजार ८८४ थान ग्यास सिलिन्डर बिक्रीका लागि विभिन्न डिलरलाई वितरण गरिएको छ । यो संख्या १३ भदौमा कृष्णभिरमा आएको पहिरोयता सबैभन्दा धेरै हो ।
निगमका अनुसार बुधबार २१ उद्योगले आ–आफ्नो डिलरलाई ग्यास वितरणका लागि पठाएका छन् । सबैभन्दा धेरै नेपाल ग्यासले ६ हजार ९९८ थान र सगर ग्यासले ६ हजार ५८७ थान ग्यास सिलिन्डर बिक्रीका लागि डिलरकहाँ पठाएका छन् ।
त्यस्तै, श्रीमाया ग्यास एक हजार ७६६ सिलिन्डर, मनोज ग्यास ३३० सिलिन्डर, मारुती ग्यास ३७० सिलिन्डर, एसटिसी ग्यास दुई हजार ६२२ सिलिन्डर, श्री ग्यास चार हजार ५१४ सिलिन्डर, सूर्य ग्यास एक हजार २९७ सिलिन्डर, लोकप्रिय ग्यास ५६० सिलिन्डर, श्रीराम ग्यास दुई हजार ६०५ सिलिन्डर, भानु ग्यास एक हजार २७० सिलिन्डर र ओम ग्यास एक हजार ६६१ सिलिन्डर बिक्रीका लागि विभिन्न डिलरकहाँ पठाइएको आयल निगमले जनाएको छ ।
त्यस्तै, गीता ग्यास ६५० सिलिन्डर, सीता ग्यास तीन हजार ५६ सिलिन्डर, हिमाल ग्यास दुई हजार ७२२ सिलिन्डर, सगर ग्यास ६ हजार ५८७ सिलिन्डर, एचपी ग्यास दुई हजार ६२७ सिलिन्डर, नेपाल ग्यास ६ हजार ९९८ सिलिन्डर, श्रीकृष्ण ग्यास एक हजार ८५२ सिलिन्डर, साइबाबा ग्यास एक हजार ८०१ सिलिन्डर, एभरेस्ट ग्यास ६ हजार १४३ सिलिन्डर, सुगम ग्यास दुई हजार ८९१ सिलिन्डर र नमस्ते ग्यास ५६२ सिलिन्डर बजारमा पठाइएको आयल निगमको तथ्यांक छ ।
मंगलबार ४० हजार ६०३ थान सिलिन्डर ग्यास बजारमा पठाइएको थियो । पछिल्लो समय ग्यास आयात बढाइरहेकाले काठमाडौं उपत्यकामा आपूर्ति पनि बढाइएको आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।