यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आइतबार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरलगायत मुख्य विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा आज विदेशी मुद्राको सटही दरमा कुनै परिवर्तन छैन।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१.६४ रुपैयाँ र बिक्रीदर १५२.२४ रुपैयाँ रहेको छ। यसैगरी, युरो एकको खरिददर १७०.७० रुपैयाँ र बिक्रीदर १७१.३८ रुपैयाँ छ।

युके पाउन्ड स्टर्लिङ एकको खरिद र बिक्रीदर क्रमशः २०२.१९ रुपैयाँ र २०२.९९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ। एक अस्ट्रेलियन डलरको खरिददर १०५.५६ र बिक्रीदर १०५.९७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर १०७.१२ र बिक्रीदर १०७.५५ रुपैयाँ निर्धारण गरिएको छ।

केन्द्रीय बैंकले जापानी येन १० को खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर २२.६८ रुपैयाँ र बिक्रीदर २२.७७ रुपैयाँ तथा दक्षिण कोरियाली वन सयको खरिददर ११.४० रुपैयाँ र बिक्रीदर ११.४५ रुपैयाँ तोकेको छ।
 

सुझावित समाचार