काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले न्यूनतम मूल्य तोकेको हो।
चालू आ.व. ०८३/८४ को लागि गहुँको न्यूनतम समर्थन मूल्य चार हजार १०७ रुपैयाँ प्रतिक्न्टिल तोक्ने निर्णय भएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।