नाैजनाले जिते मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको कार कसले जित्ला ?

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नाैजना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् ।

अभियानमा सहभागी उपभोक्तामध्ये विभिन्न स्थानका नाैजना भाग्यशाली विजेता सार्वजनिक भएका हुन् ।

कम्पनीका अनुसार सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।

यसैगरी, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्यकुमार सिंह र बिर्तामोडका तेनारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोजकुमार अधिकारी र वीरगन्जका रमेश बस्नेतले भने यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अभियानअन्तर्गत १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर गरी कुल ३६ वटा दुईपांग्रे सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । यसबाहेक एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।

यसरी अभियानमा मोटरसाइकल, स्कुटर र कार गरी कुल ३७ वटा सवारीसाधन जित्ने अवसर रहेको छ । हालसम्म नाैजना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा दुईपांग्रे सवारीसाधन र एउटा कारको विजेता घोषणा हुन बाँकी छ ।

दसैँलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानमार्फत म्याक्स टाइगरले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको जनाएको छ । सुर्खेत, बनेपा, धादिङ, बुटवल, धनगढी, जनकपुर, बिर्तामोड, धरान र वीरगन्जका उपभोक्ता विजेता बनेसँगै अभियान देशका विभिन्न क्षेत्रमा पुगेको कम्पनीको भनाइ छ ।

अभियानअन्तर्गत थप विजेता सार्वजनिक हुने क्रम जारी रहने कम्पनीले जनाएको छ । अब सबैको चासो बम्पर पुरस्कारस्वरूप राखिएको प्रोटोन कार कसले जित्ला भन्नेमा केन्द्रित भएको छ ।

सुझावित समाचार