आइसिएफसीको कामु सिइओमा श्रेष्ठ

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ आइसिएफसी फाइनान्स लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् ।

२३ असोजमा बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई २५ असोजदेखि लागू हुने गरी कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

फाइनान्सका सिइओ सुनील पन्तको कार्यकाल २४ असोजमा समाप्त भएसँगै श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो । श्रेष्ठ यसअघि नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । 

सुझावित समाचार