मन्त्रिपरिषद् बैठकः सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने निर्णय

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले सेयर कारोबारमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। यसअघि एक वर्षभन्दा धेरै स्वामित्वमा राखेर बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्नेमा अब ३.५ प्रतिशत तिरे हुनेछ।

त्यस्तै, एक वर्षभन्दा कम अवधि स्वामित्वमा राखेर बिक्री गर्दा १० प्रतिशत कर लाग्नेमा अब ५ प्रतिशत तिरे पुग्नेछ। बुधबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो। 
अर्थ मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। अर्थले सोमबार मात्र पुँजी बजार सुधार कार्ययोजना ल्याएको थियो। 
 

सुझावित समाचार