काठमाडौं/ हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि कृषिमन्त्री गीता चौधरीले चीनसँग सहयोग मागेकी छिन् ।
मन्त्री चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्ता सो कुरा उठाएकी हुन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा भएको छलफलमा मन्त्री चौधरीले प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेको बताएकी हुन् ।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी थिइन् ।