प्यान लिनेको संख्या पुग्यो पौने ८२ लाख

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या पौने ८२ लाख पुगेको छ । चालू आर्थिक वर्षको तीन महिनामा पौने दुई लाख थपिएसँगै प्यान नम्बर लिनेको संख्या ८१ लाख ९५ हजार नाघेको हो ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको साउनदेखि असोज मसान्तसम्ममा दुई लाख ८४ हजार पाँच सय ५० प्यान नम्बर थपिएको छ ।

यससँगै प्यान नम्बर लिनेको कुल संख्या ८१ लाख ९९ हजार चार सय १४ पुगेको छ । यसध्ये व्यावसायिक स्थानी लेखा नम्बर (बी प्यान) लिनेको संख्या २२ लाख २७ हजार नौ सय १७, भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लू प्यान) ३९ हजार पाँच सय ६२ र व्यक्तिगत स्थायी लेखा नम्बर (पी प्यान) लिनेको संख्या ५९ लाख २७ हजार नौ सय ३५ पुगेको हो ।

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट)मा जोडिएका व्यवसायी तीन लाख ९० हजार ४७ र अन्तःशुल्क (एक्स्साइज)मा जोडिएका व्यवसायीको संख्या एक लाख ३८ 
हजार नौ सय २६ पुगेको छ । 

सुझावित समाचार