१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मापदण्डविपरीत खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o१:oo

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका सुरक्षाकर्मीको तलब र अन्य सुविधा रोक्का गर्ने निर्णय गरेको छ । कार्यविधि र प्रचलित कानुनबमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकारी रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिँदै नियमविपरीत खटिनेको तलब रोक्न भनेको हो ।

गृहले विशिष्ट व्यक्तिको जिल्ला भ्रमणलगायत कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा–पछुवासमेत उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

ad
ad