१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ जेठ ६ आइतबार २१:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हावाहुरीले सातवटा आन्तरिक उडान डाइभर्ट

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २१:४१:oo

काठमाडौं उपत्यकामा सोमबार साँझ एक्कासि हावाहुरी चलेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

हावाहुरीकै कारण काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट भए भने काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द भएका छन्।

डाइभर्ट भएका उडानहरू बुद्ध एयर, श्री एयरलाइन्सलगायतका हुन्। बुद्ध एयरको नेपालगन्ज, जनकपुर, विराटनगर र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको वायुयान डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ।

बुद्धका भैरहवाबाट उडेका दुईवटा फ्लाइट डाइभर्ट भएका हुन्। यस्तै, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज पनि डाइभर्ट गरियो।
 

ad
ad