महानगरमा बजेट ल्याउन मधेश सरकारको नेतृत्वलाई कमिसन दिएको मेयर सिंहको दाबी

सिंह भन्छन्– जसपा नेपाल फुटेपछि कमिसन दिएको रकम डुब्यो

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण
महानगरमा बजेट ल्याउन मधेश सरकारको नेतृत्वलाई कमिसन दिएको मेयर सिंहको दाबी

तस्बिर : मेयर सिंहकाे फेसबुकबाट

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रदेश सरकारबाट महानगरमा बजेट ल्याउन आफूले कमिसन दिनुपरेको दाबी गरेका छन्।

व्यक्तिको नाम नलिई प्रमुख सिंहले बजेट ल्याउने आशमा प्रदेश सरकारका नेतृत्वकर्तालाई विगतमा पनि कमिसन दिएको उल्लेख गर्दै यसपटक पनि मोटो रकम बुझाएको खुलाए।

शनिबार वीरगन्जमा आयोजित नवगठित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि आफूले केही महिनाअघि बुझाएको कमिसन रकम डुबेको बताए।

सिंहले जसपा नेपालको नेतृत्वको मधेश प्रदेश सरकारले कमिसन लिए पनि मूल पार्टी छाडेकै कारण बजेट नदिएको आरोप लगाए।

केही साताअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ। मेयर सिंह नवगठित पार्टीको केन्द्रीय सदस्य छन्। 

मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि आधा ‘सटर’ बन्द भएको भन्दै छिट्टै पूरै सटर बन्द भएर ताला लाग्ने ठोकुवा गरे।

सुझावित समाचार