
राष्ट्रिय सभाको आजको बैठक दुई घण्टा पछि सारिएको छ। अपराह्न १ः१५ बजे बोलाइएको बैठक ३ः१५ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ।
संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन कांग्रेसले आग्रह गरेपछि संसदका दुवै सदनको बैठक सारिएको हो। यसअघि बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक पनि २ बजेलाई सारिएको छ।
सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको छ।