Skip This
दशाैँ संस्करणको फर्निचर एक्स्पो असोज पहिलो साता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दशाैँ संस्करणको फर्निचर एक्स्पो असोज पहिलो साता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:o७:oo

दशाैँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। 

‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ असोज २ देखि ५ गतेसम्म एक्स्पो हुने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले जनाएको छ। राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गर्दै आयोजकले एक्स्पोमा पहिलोपटक खुला बजारसमेत सञ्चालन गर्न लागिएको जानकारी दिएको छ।

इभेन्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको छ। पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशत स्टलहरू बुकिङ भएका एनएफएफएले जनाएको छ।

हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्रान्डका रूपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए। नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाइ छ।

एक्स्पोका संयोजक सम्यकमान सिंहका अनुसार पहिलोपटक एक्स्पो स्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ। २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरूले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन्। किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरिने पनि उनले जानकारी दिए।

संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्कनजिकै रहेको इभेन्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिने बताइएको छ। साथै अनलाइन माध्यमबाट स्टल बुकिङ गर्ने व्यवस्था भएको पनि आयोजकले जनाएको छ।