निर्वाचन आयाेगले जनता समाजवादी पार्टीलाई नयाँ दलकाे मान्यता दिने निर्णय गरेकाे छ।
केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ता भएकाे जनाउँदै आयाेगले अशाेक राई नेतृत्वकाे जसपालाई मान्यता दिने निर्णय गरेकाे हाे।
आयाेगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले आज बसेकाे आयाेगकाे बैठकले अशाेक राईनेतृत्वकाे जसपालाई नयाँ दलकाे मान्यता दिने निर्णय गरेकाे जानकारी दिए।
आइतबार जसपाका कार्यवाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएकाे जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएका थिए।
यता आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेकाे छ।
जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएकाे भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन्।