१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ड्रिम होटेलको आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o१:oo

ड्रिम इन्टरनेसनल होटेलले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । होटेलका तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुपअन्तर्गतको ड्रिम इन्टरनेसनलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाइएको होटेलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय सहर बुटवलमा रहेको ड्रिम इन्टरनेसनलले सहलगानी गर्दै देशका सातवटै प्रदेश तथा पर्यटकीय गन्तव्यमा होटेल स्थापना गर्ने योजना बनाएको छ । छिट्टै नै आइपिओ जारी गरी उक्त योजनानुसार काम सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।

ad
ad