Skip This
इतिहासमा आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o८:o३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o८:o३:oo

सन् १९९९ : आर्मेनियाको संसद्मा गोली हानाहान । संसद्मा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठजनाको मृत्यु भएको थियो । आक्रमणलगत्तै त्यहाँको सेनाले संसद्लाई घेरा हालेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो ।

सन् १६८२ : फिलाडेल्फिया सहर स्थापना भयो । यस एतिहासिक सहरको स्थापना ब्रिटिस व्यवसायी विलियम पेनले गरेका थिए । बेलायतका राजा चाल्र्स द्वितीयले पेनका बाबुलाई ठुलो रकम तिर्न बाँकी थियो । रकमको सट्टा चाल्र्सले पेनका छोरालाई जग्गा नै दिएका थिए । यो सहर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । 

सन् १९०२ : अमेरिकाको सबैभन्दा पुरानो भूमिगत मार्गको ट्रान्जिट सिस्टमको निर्माण सुरु भयो । यसको सञ्चालन भने आजकै दिनबाट भएको थियो । यो मार्ग विश्वकै सबैभन्दा पुरानो र सर्वाधिक प्रयोग गरिएको ट्रान्जिट सिस्टम मानिन्छ ।

सन् १९६२ : सोभियत संघका तत्कालीन प्रधानमन्त्री निकिता ख्रुस्चेभले अमेरिकाले टर्कीमा रहेको मिसाइल अड्डा हटाएमा क्युवामा सोभियत मिसाइल अड्डाहरू हटाउने प्रस्ताव गरे । 

सन् १९७८ : इजिप्टका अनवर सदात र इजरायलका मेनाकेम बेगिनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनीहरूको पहलका कारण पहिलो क्याम्प डेभिड सम्झौता सम्भव भएको थियो । 

सन् १९९१ : सोभियत युनियनबाट तुर्केमेनिस्तान स्वतन्त्र भयो । मध्य एसियाली देश तुर्केमेनिस्तान सन् १९२५ देखि सोभियत संघको अधीनमा थियो । सन् १९९१ मा तुर्केमेनिस्तानले स्वतन्त्र भएको घोषणा गरेको थियो ।