Skip This
जंगली च्याउ खाँदा दुम्कौलीमा एकै परिवारका पाँचजना बिरामी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार o८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली च्याउ खाँदा दुम्कौलीमा एकै परिवारका पाँचजना बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o८:५५:oo

नवलपुरको देवचुली नगरपालिका- २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै परिवारका पाँचजना बिरामी परेका हुन् ।

च्याउ खाएर देवचुली– २ निवासी २६ वर्षीय मदन राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, नाै वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी भएका हुन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।