Skip This
इसेवा र फोन प्वाइन्ट्सको सहकार्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार o७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इसेवा र फोन प्वाइन्ट्सको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:४८:oo

डिटिल कारोबारलाई सहज तथा थप गुणस्तरीय बनाउन इसेवाले फोन प्वाइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्न दिइने लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ ।

एकीकृत गरिएको लोयल्टी प्वाइन्ट्स प्रयोग गरी ग्राहकले विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको बताइएको छ ।

फोन प्वाइन्ट्सका प्रयोगकर्ताले विभिन्न व्यावसायिक पार्टनरसँग संलग्न भएर लोयल्टी प्वाइन्ट्स अर्थात् फोन प्वाइन्ट्स आर्जन गर्न सक्नेछन् । फोन प्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरबाट आर्जन गरेको लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा एकृकीत गर्नेछ ।

एकीकृत गरिएको लोयल्टी प्वाइन्ट प्रयोग गरी ग्राहकले आकर्षक अफर, छुट तथा उपहार प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । प्रयोगकर्ताले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेकोे प्वाइन्ट्सलाई एकै ठाउँबाट सजिलै हेर्न र इच्छाअनुसार व्यवस्थापन गर्दै विभिन्न आकर्षक अफरमा यसको उपभोग गर्न सक्नेछन् ।