Skip This
मैथिली भाषाकाे गीत ‘माने ना जिया’ सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १३:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मैथिली भाषाकाे गीत ‘माने ना जिया’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १३:२६:oo

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। सुमित मलिक र कृशला चौधरीले आवाज भरेको गीतको बोल श्यामकिशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्।

सुमित मलिकले नै कम्पोज गरेको गीतमा सुयोग महतोको संगीत संयोजन रहेको छ। काजल कर्ण र राजीव समरको जोडीलाई भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाई देखाइएको छ।

राजीव पछिल्लो समय नेपाली म्युजिक भिडियोको डिमान्डमा रहेका कोरियोग्राफरमध्येका हुन्। ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफी गरेका उनले रियालिटी शो डान्सिङ विथ स्टारमा समेत कोरियोग्राफी गरिसकेका छन्। उनले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो।

सार्वजनिक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी, सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ।

गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सहनिर्माताको रूपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्युजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।