Skip This
उसु विश्वकपमा विजयलाई ऐतिहासिक कांस्य पदक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १२:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उसु विश्वकपमा विजयलाई ऐतिहासिक कांस्य पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १२:१९:oo

नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिँजालीले उसु थाउलो विश्वकप २०२४ मा ऐतिहासिक कांस्य पदक जितेका छन्।

जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उनले तेस्रो स्थान हासिल गरेका हुन्। विजयले ९.७६ नम्बर प्राप्त गरेका प्रशिक्षक निकेश श्रेष्ठले नयाँ पत्रिकालाई बताए।

सोही विधामा ९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक जितेका छन्। घरेलु टोली जापानका मोटोयोसी अराकीले ९.७६ अंकसहित रजत पदक जितेका छन्।

इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा  गर्दा विजयले अमेरिका, मेक्सिकोलगायत देशका ६ खेलाडीलाई पछि पारे।

सात सदस्यीय नेपाली टिम जापान पुगेको थियो। विजयसँगै खेलाडीमा निमा घर्तीमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ छन्। विजय, निमा र दीपक १३औँ दक्षिण एसियाली खेलुकद (साग)को स्वर्ण पदक विजेता हुन्।