Skip This
प्राधिकरणको पक्षमा कर्मचारी युनियन र परिषद्, जनतालाई अन्धकारमा राखी प्रयोग भएको विद्युतको महसुल उठाउन माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १५:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्राधिकरणको पक्षमा कर्मचारी युनियन र परिषद्, जनतालाई अन्धकारमा राखी प्रयोग भएको विद्युतको महसुल उठाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १५:oo:oo

नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनकाे विद्युत् महसुल उठाउन लाइन काट्ने प्राधिकरणको कदमको समर्थन गरेका छन्।

आइतबार प्राधिकरणलाई पत्र लेख्दै दुई संगठनले ६० दिनभन्दा बढी समयसम्म महसुल नतिरे सर्वसाधारणको लाइन काट्ने गरिएको उल्लेख गर्दै ध्यानाकर्षण गराएका हुन्। 

‘६० दिनभन्दा बढी समय विद्युत् महसुल नतिर्ने आम विद्युत् उपभोक्ताको लाइन काटी महसुल असुलउपर गरिँदै आएको भए तापनि अनावश्यक विवाद खडा गर्ने उपरोक्त ग्राहकहरूको विगतमा काटिएको लाइन विभिन्न निर्णयहरूको आधारमा निश्चित म्यादभित्र भुक्तानी गर्ने गरी जोडिँदै आएको थियो । यद्यपि, अझै पनि त्यस्ता ग्राहकले महसुल नतिरेको र नतिर्नका लागि ऐन, नियम र कानुनबाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी थप विवाद सिर्जना गरिरहेको कुराप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,’ पत्रमा भनिएको छ।

अदालत, मन्त्रिपरिषद्, संसदीय समिति, महालेखापरीक्षक, विद्युत् नियमन आयोगसहित विभिन्न समितिहरूबाट समेत यसअघि नै डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल असुलउपर गर्ने निर्णय भइसकेकाले महसुल नतिर्ने ग्राहकको लाइन काटी महसुल असुल गर्न प्राधिकरणले देखाएको तदारुकताको स्वागत गर्दै भनिएको छ, ‘आमजनतालाई अन्धकारमा राखी प्रयोग गरिएको विद्युतको महसुल उठाउने कुरामा प्रचलित ऐन, नियम र विद्युत् वितरण विनियमावलीमा रहेका व्यवस्थाहरूको अक्षरशः पालना गर्न–गराउनसमेत जोडदार माग गर्दछौँ।’