Skip This
डहरेखोला पुल शिलान्यास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डहरेखोला पुल शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १४:३९:oo

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डअन्तर्गत डहरे खोलामा पुल निर्माण सुरु भएको छ। पुलको गुल्मी क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारीले शिलन्यास गरेका हुन्।

पुल शिलान्यास गर्दै सांसद भण्डारीले वर्षौँदेखि नागरिकले खेप्दै आएको ठुलो सास्ती केही समयमा अन्त हुने विश्वास व्यक्त गरे। उनले ठुलो संघर्षले योजना समावेश गरेको भन्दै जनताको सास्तीलाई हेरेर समयमै काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरे।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदै छन्। एउटै ठेक्कामार्फत डहरेसहित नादेवा, भार्से र गिदीखोलामा पुल निर्माणको सम्झौता भएको छ। राजेश्वरी–लुम्बिनी जेभीले पुल निर्माणको सम्झौता गरेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख इन्जिनियर रामपुकार जैसवालले जानकारी दिए।

निर्माण व्यावसायीले ०८० जेठ २२ गते पुल निर्माणको सम्झौता गरेका थिए। पुलको डिजाइन पनि निर्माण व्यवसायीले नै गर्नुपर्ने भएकाले ढिला काम सुरु भएको इन्जिनियर जैसवालले बताए। ०८२ साउन २२ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ। चारवटै पुल निर्माणको लागि २२ करोड ३१ लाख रुपैयाँ लागत लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

सरकारले काम गरेको रकम समयमै भुक्तानी गरे सम्झौता समयमै पुल निर्माण गर्ने निर्माण व्यवसायी भागवत गिरीले बताए। पुल शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेय, यमु गैरैलगायतको उपस्थिति थियो।