Skip This
सेयर बजारमा गिरावट जारी, नेप्से नाै अंकले घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १५:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा गिरावट जारी, नेप्से नाै अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १५:२१:oo

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से ९.१९ अंकले घटेर दुई हजार ६१७.९५ विन्दुमा झरेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले घटेको छ।

आइतबार ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार कित्ता सेयर चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन पाँच अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक वृद्धि हुँदा बाँकी उपसमूह घटेका छन्। जीवन बिमा र वित्त एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा होटेल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूह एक प्रतिशतभन्दा थोरैले बढेका छन्। बैंक १.३० प्रतिशतले घट्दा गिरावट भएकामध्येका बाँकी उपसमूह एक  प्रतिशतभन्दा कमले घटेका छन्।

घटेको बजारमा एलआइसी नेपाल, रिभर फल्स पावर, माईखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल एसबिआई बैंकका लगानीकर्ताले सर्वाधिक ६.७९ प्रतिशत गुमाएका छन्।