Skip This
कास्की प्रहरीले भन्यो : रवि लामिछानेलाई इजलासमा दुर्व्यवहार गरेको भन्ने कुरा भ्रामक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्की प्रहरीले भन्यो : रवि लामिछानेलाई इजलासमा दुर्व्यवहार गरेको भन्ने कुरा भ्रामक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १७:४४:oo

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा अनुमानमा आधारित कपोलकल्पित भ्रमपूर्ण कुराहरू फैलाइएको भन्दै आपत्ति जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता विभिन्न सामाजिक सञ्जालहरूमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ८ कात्तिकमा म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोलकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायतका सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ।’

कसैका अनुमानित तथ्यहीन कुराहरूलाई सम्प्रेषण नगर्न आग्रह गर्दै अगाडि भनिएको छ, ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनुहुन सम्पूर्णमा अनुरोध गरिएको छ।’