Skip This
क्यानडाको क्याल्गरीमा पहिलोपटक गुन्जिँदै सबिन राई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १७:५८:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

क्यानडाको क्याल्गरीमा पहिलोपटक गुन्जिँदै सबिन राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १७:५८:oo

नोभेम्बर १ शुक्रबार साँझ क्यानडाको क्याल्गरीमा पहिलोपटक सबिन राई र फारोह ब्यान्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम ‘समर्पण यात्रा’ हुने भएको छ।

दीपावली र भाइटीकाको अवसरमा क्याल्गरी–चाइनिज कल्चरल सेन्टरको हलमा कन्सर्ट हुन लागेको आयोजक एमजिजी इन्टरटेनमेन्टका संस्थापक राजेन्द्र चोङबाङ (ठुले)ले जानकारी दिए।

आधुनिक रक, पप गायनमा नेपालका लोकप्रियमध्येका एक गायक सबिन राई मुख्यतः नेपाली युवा पुस्तामा सफल मानिन्छन्। उक्त कन्सर्टमा क्याल्गरीमा बसोबास गर्ने स्थानीय कलाकारले समेत आफ्नो प्रस्तुति दिने बताइएको छ।

कार्यक्रमलाई क्याल्गरीमा रहेका संघसंस्थाहरूको साथ रहने आयोजक चोङबाङले बताए।