Skip This
खुकुरी देखाई लुटपाट गर्ने दुईजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुकुरी देखाई लुटपाट गर्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १८:२२:oo

मकवानपुर प्रहरीले खुकुरी देखाई लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका– ११ बस्ने २० वर्षीय असिम चौलागाईं र सोही स्थानका २० वर्षकै अनिश चौलागाईं पक्राउ परेका हुन्।

उनीहरूलाई शनिबार अस्थायी प्रहरी पोस्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ११, थानाभर्‍याङस्थित राप्ती खोलाको बगरबाट पक्राउ गरेको हो।

चौलागाईंद्वयले बकैया गाउँपालिका– ४ बस्ने २० वर्षीय मनीष फुँयाल र सोही स्थानका २४ वर्षीय सुजन पौडेललाई खुकुरी देखाई १ तोलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ।

पक्राउ परेका असिम र अनिसलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद लिई थप अनुसन्धान कार्य थालिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।