Skip This
काभ्रेमा साढे तीन महिनामा ४६३ जनामा डेंगु संक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा साढे तीन महिनामा ४६३ जनामा डेंगु संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १८:५३:oo

काभ्रे जिल्लामा चिसो बढे पनि डेंगु संक्रमण घटेको छैन। करिब साढे तीन महिनामा ४६३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

गत साउन १ गतेदेखि आज आइतबारसम्म ४६३ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जसमा २४९ जना पुरुष र २१४ जना महिला रहेका छन्। आइतबार मात्र ५ महिला र १ पुरुषमा गरी ६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

जिल्लामा १३ स्थानीय तह रहेकोमा खानीखोला गाउँपालिकाबाहेक कुनै पनि पालिका संक्रमणमुक्त छैनन्। तथ्यांकअनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी (१५४जना) संक्रमण पुष्टि भएको छ। यसैगरी, धुलिखेल नगरपालिकामा ७५ , पाँचखाल नगरपालिकामा ७२, पनौती नगरपालिकामा ७०, भुम्लु गाउँपालिकामा ३०, मण्डनदेउपुर नगरपालिकामा २९, नमोबुद्ध नगरपालिकामा १३, रोशी गाउँपालिकामा ११, बेथानचोक गाउँपालिकामा ४, तेमाल गाउँपालिकामा २, चौरीदेउराली गाउँपालिकामा २ र महाभारत गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको छ।