Skip This
पर्यटकीय स्थलको प्रचार गर्न तीन दिनको यात्रामा गाउँ कार्यपालिका बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १९:o१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्यटकीय स्थलको प्रचार गर्न तीन दिनको यात्रामा गाउँ कार्यपालिका बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १९:o१:oo

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको बैठक सुनदहमा सम्पन्न गरेको छ। गाउँपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन र बाह्य मदिरा नियन्त्रण गर्ने कार्यविधि पास गर्दै सुनदहमा कार्यपालिका बैठक सम्पन्न गरेको हो।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सुनदह क्षेत्रलाई पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न कार्यपालिकाको ३१औँ बैठक सुनदहमा आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताए। घर्तीका अनुसार पूर्वनिर्धारित कार्यपालिकाको निर्णयअनुसार सुनदह क्षेत्रमा बैठक आयोजना गरिएको हो।

स्थानीय तह बनेपछि खुल्ला ठाउँ पर्यटकीय स्थलमा बैठकको आयोजनासँगै ठुलो निर्णय गरिएको यो पहिलोपटक भएको गाउँपालिकाको दाबी छ।

गाउँपालिकाले सुनदह व्यवस्थापन कार्यविधि, बहुमुल्य जडीबुडी व्यवस्थापन तथा संरक्षण कार्यविधि, स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन बाह्य मदिरा नियन्त्रण कार्यविधि, स्थानीय सरकार गठन भएपश्चात् हालसम्मका सबै बेरुजु फर्स्योट गर्नका लागि लेखा समितिलाई जिम्मा दिने, त्यसलाई प्रभावकारी बनाउन आवश्यक परे उपसमिति गठन गर्ने र विद्यालयको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्नका लागि कार्यदल गठन गरिएको गाउँपालिका प्रवक्ता टीकासाई घर्तीमगरले बताए।