Skip This
तीन महिनासम्म तलब नपाएपछि हनुमाननगरका शिक्षक आन्दोलित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
सौरभ यादव राजविराज
२o८१ कार्तिक ११ आइतबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनासम्म तलब नपाएपछि हनुमाननगरका शिक्षक आन्दोलित

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १५:३१:oo

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन्। तलब नपाएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू आन्दोलित भएका छन्।

नगरपालिकाका प्रमुख र वडाध्यक्षबिच भएको विवादका कारण हालसम्म नगरपरिषद् बैठक हुन नसकेपछि शिक्षकसहित नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन्।

आफूहरूले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि नगरपालिकापरिसरमा धर्ना दिएर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरूले बताए।

‘तलब नखाएर काम गर्न लागेको तीन महिना बितिसक्यो, नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छैनन्, उधारोमा काम कहिलेसम्म गर्ने ?’ आन्दोलनरत शिक्षक अशाेक यादवले भने। लामो समयसम्म पनि तलब नपाएपछि घरखर्चसमेत चलाउन गाह्रो हुन थालेको उनको गुनासो छ।