Skip This
शीर्ष तीन नेताबाट मुलुक बन्दैन, राप्रपालाई पहिलो पार्टी बनाउनुपर्छ : अध्यक्ष लिङ्देन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १२:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष तीन नेताबाट मुलुक बन्दैन, राप्रपालाई पहिलो पार्टी बनाउनुपर्छ : अध्यक्ष लिङ्देन

‘ज्ञानेन्द्रको कार्यकालबाहेक अन्य समय दलबाट मात्र भ्रष्टाचार भएको छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १२:५९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख दलका शीर्ष तीन नेताबाट मुलुक नबन्ने भन्दै मुलुक हाँक्ने जनमत आफूहरूलाई दिन आग्रह गरेका छन्। खस भाषाको उदगमस्थल जुम्लाको सिँजा पुगेर लिङ्देनले भने, ‘उनीहरूले सत्ता अंगालेको लामो समय भयो। तर, मुलुक बनेन। अब पनि उनीहरूबाट आशा गर्नु भनेको दिवासपना मात्रै हुने देखियो।’ 

उनले थपे, ‘०७९ सालको निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाहीलाई २२ हजारभन्दा बढी मत दिएर जिताउनुभयो। जिल्लाबाट करिब ६ सय मत भएको उम्मेदार शाहीलाई जिताएर संसदमा पठाउनुभयो। अहिले त्यसको परिणाम राम्रो देखिएको छ।’

सिँजाको कनकासुन्दरीमा भएको संवाद सभामा अध्यक्ष लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरू, प्रदेश सांसदहरू र स्थानीय नेता–कार्यकर्ताले आफ्नो दृष्टिकोण राखेका थिए। लिङ्देनले राप्रपालाई नेपालको प्रमुख पार्टी बनाउने लक्ष्यलाई जोड दिए। उनले भने, ‘अब केवल हलोमा भोट दिएर मात्र हुँदैन, राप्रपालाई देशको पहिलो पार्टी बनाउनु पर्छ। यो परिवर्तनको जरुरी आवश्यकता हो।’

यहाँका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भूगोललाई पहिचान दिलाउन प्रयास गरिरहेको भन्दै लिङ्देनले भने, ‘शाहीजीले जुम्लालाई मात्र होइन, नेपालको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहनुभएको छ। यसै कारणले उहाँले यहाँको विकास र समृद्धिमा विशेष ध्यान दिनुभएको छ।’

अध्यक्ष लिङ्देनले राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार भइरहेको भन्दै राजसंस्था पुनर्स्थापना गर्नुपर्ने धारणा राखे। उनले भने, ‘राजा ज्ञानेन्द्रको छोटो कार्यकालबाहेक अन्य समय दलबाट मात्र भ्रष्टाचार भएको छ।’

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको राजनीतिक परिपाटी परिवर्तन गर्न अब जनताले सोच्नुपर्ने वेला आएको बताए। उनले भने, ‘अबको समय देशका लागि गम्भीर सोच राख्नुपर्ने समय हो। जनताले आफ्नो भोटको महत्त्व बुझ्नुपर्छ र यसको सदुपयोग गर्नुपर्छ।’

राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सडक र बिजुली आफ्नो प्राथमिकतामा रहेको भन्दै जुम्लाको विकासमा थप योगदान पुर्‍याउने संकल्प व्यक्त गरे।