Skip This
माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय सचेतना कार्यक्रम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार o७:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:३o:oo

माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतनासम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना कार्यक्रम गरेको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताहका अवसरमा रामग्राम– ५, नवलपरासीस्थित श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीलाई लगानीसम्बन्धी सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो । 

युवा विद्यार्थीलाई सानै उमेरदेखि लगानीको महत्व बुझाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकवर्ग, अभिभावक समितिलगायत ९५ जनामाझ उक्त कार्यक्रम गरेको हो ।

लगानी, प्रविधि र डिजिटल फाइनान्स तथा धोकाधडी र ‘बेसिस अफ इन्भेस्टिङ टेक्नोलोजी एन्ड डिजिटल फाइनान्स एन्ड फ्रड एन्ड स्क्याम प्रिभेन्सन’मा केन्द्रित रहेको कार्यक्रम फलदायी रहेको सहभागीले जनाए । माछापुच्छ्रे क्यापिटल लिमिटेड पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो ।