Skip This
एमालेबाट भीमदत्त नगरपालिका वडा नम्बर ६ मा बहादुर चन्दले उम्मेदवारी दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ कार्तिक ११ आइतबार १o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेबाट भीमदत्त नगरपालिका वडा नम्बर ६ मा बहादुर चन्दले उम्मेदवारी दिने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १o:२७:oo

भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षका लागि एमालेले उम्मेदवार टुंगो लगाएको छ । आगामी १६ मंसिर ०८१ मा यहाँ उपनिर्वाचन हुँदै छ । एमाले वडा पालिकाबाट वडाध्यक्षका लागि सिफारिस भएका चन्दलाई जिल्ला कमिटीले सदर गरेको हो । उपनिर्वाचनका लागि यसअघि एमालेले वडाध्यक्षमा बहादुर चन्द र राजेन्द्र आग्री दुईजनाको नाम सिफारिस भएको थियो ।

एमाले भीमदत्त नगरपालिकाका अध्यक्ष हिमाल चन्दले वडाबाटै आएका आकांक्षीका आधारमा बहादुर चन्दलाई पार्टीले उम्मेदवार चयन गरेको बताए । झनडै साढे चार दशक शिक्षण पेसामा रहेका शान्ति निकेतन माविको प्रधानाध्यापकबाट सेवानिवृत्त भएका शिक्षकलाई एमालेले उम्मेदवार बनाएको हो ।

शनिबार एमाले जिल्ला पार्टी कार्यालयमा कञ्चनपुरका इन्चार्ज निरुदेवी पाल, अध्यक्ष लक्ष्मी बुढासहितका नेता तथा कार्यकर्ताहरूले निर्वाचनमा खटिने उम्मेदवारलाई बधाई ज्ञापन गरेका छन् । एमालेभित्र पूर्वशिक्षकलाई उम्मेदवार बनाएको विषयमा पक्ष–विपक्षमा तर्क धारणा अभिव्यक्त भइरहेका छन् ।

वडाध्यक्षको टिकट पाएका एमाले उम्मेदवार बहादुर चन्दले अब जनताको घरमा होमिने बताए । गत वर्ष कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।