Skip This
आइपिओ जारी गर्दै एभरेस्ट कलर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार o७:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइपिओ जारी गर्दै एभरेस्ट कलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:२२:oo

एभरेस्ट कलर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । २६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । 

आइपिओ जारीको प्रस्ताव राखेर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार साधारणसभा ६ कात्तिकमा बस्नेछ । कलर सेक्टरको पहिलो जारी गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । 

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितको वासलात, नाफा र नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, सभाले चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँचजना सञ्चालकको निर्वाचन गर्नेछ ।