Skip This
पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार o७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:५२:oo

चितवनको माडी नगरपालिका वडा नं. १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सह–स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको हो। 

शनिवार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारले तत्काल अस्पताल लगेको थियो । तर उनको बाटोमै मृत्यु भएको परिवार श्रोतले जनाएको छ। पत्रकारितामा सत्य, इमानदारी र समर्पणका लागि परिचित क्षेत्रीले स्थानीय समाचारको विश्वसनीयता र समुदायप्रतिको उत्तरदायित्वलाई सदैव प्राथमिकता दिने गर्थे।

उनको असामयिक निधनले चितवनको सञ्चार क्षेत्र र उनलाई नजिकबाट चिनेका सबैलाई स्तब्ध बनाएको छ। उनी पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् । दिवंगत क्षेत्रीको अन्त्येष्टि आज देवघाटमा गरिने परिवारले जनाएको छ।