Skip This
इँटा उद्योगमा काम गर्न नेपाल आएका ४४ जना भारतीय मजदुर अलपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
सौरभ यादव राजविराज
२o८१ कार्तिक ११ आइतबार o७:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इँटा उद्योगमा काम गर्न नेपाल आएका ४४ जना भारतीय मजदुर अलपत्र

ठेकेदार भागेपछि समस्या, बालबालिकासहित भुइँमै सुत्नुपर्दा मजदुरकाे बिचल्ली

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:२७:oo

भारतको उत्तरप्रदेशस्थित संबल जिल्लाबाट काम गर्न नेपाल आएका ४४ जना मजदुर अलपत्र परेका छन् । सप्तरीको बिष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न उनीहरू नेपाल आएका थिए । इँटा भट्टा संचालक नविन यादवसँग ८ लाख रुपैयाँ लिएर भारतीय ठेकेदार मो. जाकिर भागेपछि उनीहरु अलपत्र परेका हुन् ।

ठेकेदारले गत असोज ३० गते उनीहरूलाई कुनौली नाका हुँदै नेपाल प्रवेश गराएर इँटा उद्योगका संचालक यादवलाई जिम्मा लगाएका थिए । त्यसपछि थप पैसा लिएर जाकिर भारत गएको सीता इँटा उद्योगका संचालक यादवले बताए ।

ती मजदुरका आफन्तहरुले भारतस्थित राष्ट्रिय अनुसुचित जातीय आयोगमा नेपालको इँटा उद्योगमा आफ्ना आफन्तलाई बन्धक बनाइएको, बलात्कार गरेको, खान नदिएको आरोप लगाउँदै उजुरी गरेका थिए ।

उक्त उजुरीबारे भारतीय पक्षले सप्तरी प्रशासनलाई शुक्रबार जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगमा कार्यरत उद्धार गरेको छ । उनीहरूलाई सप्तरीको सदरमुकाम राजविराज ल्याइएको छ । शनिबार राजविराजस्थित कल्टुदास पोखरीको उत्तरी डिलमा एक निर्माणाधीन घरमा भोकभोकै भुइँ मा सुतिरहेका छन् ।

'काम गर्न हामी आएका थियौं, पैसा हामीलाई चाहिन्छ, कसले लिएर गयो हामीलाई के थाहा' मजदुर मनवीर सिंहले भने, 'चिसो मौसममा भुइँ मै चारैतिर खुला रहेको स्थानमा बालबालिकासहित सुत्नुपर्दा समस्या भएको छ । हामी भोकभोकै बस्न बाध्य छौं ।'

ठेकेदारसँग सम्पर्क गरि उनीहरूलाई भारत पठाउने प्रयास भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए  ।‌ उनले आइतबारसम्म समस्या समाधान हुने बताए ।