Skip This
अमेरिकामा दोस्रो जितको खोजी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o७:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अमेरिकामा दोस्रो जितको खोजी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:२o:oo

आठ खेल खेल्दा कमजोर प्रदर्शन गर्दै एक मात्र जित निकालेको नेपाल तालिकाको सातौँ स्थानमा

आइसिसी विश्वकप लिग–२ शृंखलामा कमजोर सुरुवात गरेको नेपालले दोस्रो जित निकाल्न आइतबार अमेरिकासँग खेल्दै छ । घरेलु टोलीविरुद्ध डालासमा खेल्दा नेपाल दोस्रो जित निकाल्ने दाउमा छ । शृंखलामा नेपालले घरेलु टोली अमेरिकासँगै साबिक विजेता स्कटल्यान्डसँग खेल्ने तालिका छ । 

प्रतियोगितामा आठ खेल खेल्दा नेपालले मात्र एक जित निकालेको छ । युएईभन्दा माथि रहँदा नेपाल तालिकाको सातौँ स्थानमा छ । क्यानडा १२ खेलबाट १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । रोहितकुमार पौडेलको कप्तानीमा अघिल्लो सिजन सनसनी १२ मध्ये ११ जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपालको यसपटक सुरुवात भने कमजोर रह्यो । पछिल्ला ६ मध्ये एक खेल अनिर्णीत हुँदा पाँच खेलमा पराजित भएको छ । क्यानडामा भएको अघिल्लो शृंखलाका चारै खेल नेपालले गुमायो । 

लगातारको खराब प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले सल्लाहकारमा क्यानडाका नागरिक तथा पूर्वप्रशिक्षक पुबुदु दसानायकेलाई अनुबन्ध गरेको छ । क्यानकै अनुसार उनको आगमनले नेपाली टोलीको ब्याटिङमा सुधार हुने अनुमान गरिएको छ । त्यसको छनक पनि देखिएको छ । अमेरिकासँग भएको तीन टी–२० शृंखलामा नेपाल ‘क्लिन स्विप’ गर्न सफल भयो । 

लिग टुमा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्दा मंगलबार स्कटल्यान्डसँग दोस्रो खेल खेल्नेछ । त्यसपछि २ नोभेम्बरमा अमेरिका र ४ नोभेम्बरमा अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । 

सन्दीपलाई समेट्दै टिम घोषणा 
शनिबार प्रशिक्षक मोन्टी देशाईले नेपाल, अमेरिका र स्कटल्यान्डबिच हुने खेलका लागि १५ सदस्यीय टिम घोषणा गरेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सन्दीप लामिछाने समेटिएका छन् । उनी अघिल्लो साता अमेरिका पुगेका हुन् । यसअघि अमेरिकामै भएको टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्दा उनी भिसाका कारण टिममा थिएनन् । टी–२० शृंखलामा रहेका बलर सागर ढकाल र ब्याटर देव खनाल रिजर्भमा छन् । नेपाली टोलीमा रोहित र सन्दीपसहित कुशल भुर्तेल, आसिफ सेख, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल र ललित राजवंशी छन् ।