Skip This
शर्माको ‘धोबीघाट मेलोडी’ लोकार्पण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ११ आइतबार o७:१६:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

शर्माको ‘धोबीघाट मेलोडी’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:१६:oo

गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माले निबन्धसंग्रह ‘धोबीघाट मेलोडी’ ल्याएका छन् । पुस्तकको शनिबार आयोजित एक कार्यक्रममा लिटिल एन्जल्स स्कुलका संस्थापक एवं पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, शिक्षासेवी विद्या लिम्बू, डा. दयाराम श्रेष्ठ, कुमारी लामा, एसपी कोइराला, विष्णुविभु घिमिरे, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, शकुन्तला शर्मा, निर्मला शर्मा, विन्नी श्रेष्ठ तथा मान्यता शर्माले संयुक्त रूपमा विमोचन गरेका छन् । साहित्यकार लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले राजनीतिक व्यक्तित्वलाई साहित्यिक कार्यक्रममा बोलाएर धोबीघाटसम्म जोडेकोमा आभार व्यक्त गरे । पूर्वराज्यमन्त्री श्रेष्ठले ३०–३५ वर्षअघिसम्म राम्रो रहेको साहित्यिक क्षेत्र अहिलेको पुस्तामा आइपुग्दा अलि घटिरहेको हो कि भन्ने लागेको बताए । पुस्तकका प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले शर्माको दोस्रो कृति पनि प्रकाशन गर्न पाउनु गर्वको विषय भएको बताए । 

साहित्यकार श्रीओम श्रेष्ठले शर्माको निबन्धसंग्रहमा मौलिकपन भएको बताए । प्रा.डा. दयाराम श्रेष्ठले शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, जीवन–दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त प्राइभेट गीतको नाद सौन्दर्य पाइएको बताए ।