Skip This
इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
वासिङ्टन रासस/एएफपी
२o८१ कार्तिक १० शनिबार १६:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह

Read Time : < 1 मिनेट
वासिङ्टन रासस/एएफपी
नयाँ पत्रिका रासस/एएफपी
२o८१ कार्तिक १० शनिबार १६:५६:oo

संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ।

'हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्,' अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सिन साभेटले पत्रकारहरूलाई भने। इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।

'उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसंख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो,' उनले भने।

इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भने, 'मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो।'